Sunday, September 6, 2015

अख्तियारले त्रिवि शिक्षण अस्पतालमा खुल्ला कोटा कटौती नगर्न निर्देशन


CIAAभाद्र १८ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा खुला कोटाबाट एमबीबीएस र बीएएमएस अध्ययन गर्ने कोटा कटौती नगर्न शिक्षा मन्त्रालय र चिकित्साशास्त्र अध्ययन संस्थानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक र कर्मचारीको सन्ततिका लागि अध्ययन कोटा वृद्धि गरिएको भन्दै उजुरी परेपछि अख्तियारले बिहीबार पत्र पठाइ शिक्षा मन्त्रालय, त्रिवि, चिकित्सा विज्ञान अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिललाई त्यसखालको कुनै पनि व्यवस्था नगर्न निर्देशन दिएको हो ।