संयुक्त राष्ट्र संघको बडापत्रको धारा १ मा उल्लेख भए बमोजिम यस संस्थाले निम्न सिद्धान्तको आधारमा कार्य सम्पादन गर्दछः
१. सबै सदस्यहरुबीच सार्वभौमिक समानता हुने,
२. सबै सदस्यहरुले बडापत्र अन्तर्गतका आफ्ना दायित्वहरु पालना गर्दछन्,
३. सबै सदस्यहरुले आफ्ना समस्याहरु अन्तराष्ट्रिय शान्ति सुरक्षा तथा न्यायमा खलल नपुग्ने गरी समाधान गर्नेछन् ।
४. कुनै पनि सदस्य राष्ट्रले अन्य राष्ट्रका विरुद्ध धम्की दिने वा शक्तिको प्रयोग गर्ने छैनन् ।
६. संयुक्त राष्ट्रसंघको सदस्य नभएका मुलुकहरुले पनि अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न आवश्यक मात्रामा बडापत्रका सिद्धान्तहरु अनुरुप व्यवहार गर्ने छन्,
७. कुनै राष्ट्रको पूर्णतया घरलु अधिकार क्षेत्रभित्र पर्ने मामिलाहरुमा संयुक्त राष्ट्रसंघलाई हस्तक्षेप गर्ने अधिकार हुनेछैन,